ज्ञानेन्द्रको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको सेट नै फेरियो

पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल (एपीएफ) को सेट नै फेरिएको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार डीएसपी जगदिश हमालको कमाण्डमा रहेको सेट परिवर्तन गरेर प्रमोद प्रकाश पाठक नेतृत्वको टोली शाहको सुरक्षामा खटिएको छ ।




पूर्वराजा शाहको सुरक्षाका लागि सशस्त्र प्रहरीका १६ जना सुरक्षाकर्मी खटिएको थियो ।
भीभीआईपीलाई राज्यले उपलब्ध गराउँदै आएको सेवासुविधा अनुसार सो टोली सुरक्षामा खटिएको थियो ।
प्रतिक्रिया दिनुहोस्