जौको बोटमा मासु उत्पादन

श्रोत : ईन्टरनेट

२७ कार्तिक, आइसल्यान्ड : वैज्ञानिकहरू जौको बोटमा वंशाणु परिवर्तन गरेर मासु उत्पादनका लागि अध्ययनमा लागेका छन्। बीबीसी समाचारका अनुसार आइसल्यान्डमा वैज्ञानिकहरू वनस्पतिबाट मासु उत्पादन गर्न एक लाखभन्दा बढी वंशाणु परिवर्तन गरिएको जौ हुर्काइरहेका छन्।

उनीहरूले २२ हजार वर्गफिट क्षेत्रफलमा जौ हुर्काइरहेको बताइएको छ। यो नयाँ प्रयोगले प्रयोगशालामा उत्पादन गरिने मासुका लागि पशुपक्षीमा भर नपरे पनि हुने अवस्था आउन सक्छ।

frontline

अध्ययनकर्ताहरूले यसबाट हरितगृह ग्यास कम उत्सर्जन भई पर्यावरणलाई स्वच्छ राख्न योगदान गर्ने दाबी गर्छन्।

मासुका लागि धेरै पशुपंक्षी पाल्नुभन्दा वनस्पतिबाट मासु उत्पादन गर्दा कम स्थान, ऊर्जा र फोहोर हुने मान्यता रहेको छ। यस्तै ठूलो मात्रामा मासु उत्पादन गर्न जौ सजिलो र सस्तो हुने समेत अनुसन्धानकर्ताले दाबी गरेका छन्।

अनुसन्धानकर्ताहरूले वनस्पतिबाट मासु उत्पादन गर्दा पर्यावरणका लागि राम्रो हुने बताएका छन्। पशुवध गर्नु नपर्ने, हरितगृह ग्यास कम उत्पादन हुनेलगायतका फाइदा हुने बताएका छन्।

कसरी हुन्छ उत्पादन ?
‘ग्रोथ फ्याक्टर’ भनिने विशेष प्रोटिन बोक्ने गरी जौमा विशेष परिवर्तन गरिन्छ। त्यसपछि फलेको जौ टिपिन्छ, जम्मा गरिन्छ। अनि पिसिन्छ। त्यसपछि प्रयोगशालामा प्रशोधन गरिन्छ।

जौमा राखिने ग्रोथ फ्याक्टर पशुपंक्षीबाट लिइएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here