जेष्ठ नागरिकलाई एमालेद्वारा सम्मान

श्रोत : ईन्टरनेट

६ चैत्र, रौतहट । नेकपा एमाले चन्द्रपुर ४ वडा कमिटीले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । नेकपा एमालेको संगठित सदस्यहरु मध्ये ७० वर्ष उमेर पुरा गरेका ८ जनालाई सम्मान गरेको नेकपा एमाले चन्द्रपुर ४ वडा कमिटी सचिव शंकर बोलखेले बताए ।

सम्मानित हुनेहरुमा अम्बर बहादुर वि.क., ठाकुर प्रसाद उपाध्याय, नारायण सापकोटा, चन्द्रमणी तिमल्सिना, टंक प्रसाद दाहाल, वासुदेव खतिवडा, मिन प्रसाद घिमिरे, रामप्रसाद तिमल्सिना रहेका सचिव बोलखेले जानकारी दिए ।

frontline

सम्मानित व्यक्तित्वहरुलाई नेकपा एमालेका केन्दीय सदस्य एवम् रौतहट जिल्ला सहइन्चार्ज उद्धव रेग्मीले दौसल्ला एवम् प्रमाणपत्रले सम्मान गरेका थिए ।

सम्मानको क्रममा बोल्दै केन्द्रिय सदस्य रेग्मीले नेकपा एमालेले सँधै वृद्धवृद्धाको हितको लागि काम गरेको स्मरण गर्दै नेकपा एमालेनै सय रुपैयाबाट सुरु गरेको वृद्धभत्ता आज ४ हजार पुगेको बताए ।

उनले एमालेले दिन थालेको वृद्धभत्ता आज धेरै वृद्धवृद्धाहरुको साहारा भएको भन्दै नेकपा एमाले मात्र जनहितको लागि काम गर्ने पार्टी भएको दावी गरे ।

सम्मानित व्यक्तित्व अम्बर बहादुर वि.क.ले आफूहरु कम्युनिष्ट आन्दोलनमा होम्मिदाँ कम्युनिष्ट सरकार आए वृद्धवृद्धाहरुलाई गोली हान्छ भनेर कांग्रेसीहरुले हल्ला फिजाएपनि आज एमालेनै वृद्धवृद्धाहरुको साहाराको रुपमा अगाडि आएको बताए ।

उनले कम्युनिष्ट पार्टी सर्वहाराहरुको पार्टी भएकाले यसले त्यहीँ वर्गको हक अधिकार र हितको लागि निरन्तर काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमा नेकपा एमाले मधेस प्रदेश उपसचिव आरती भण्डारी, नेकपा एमाले जिल्ला सचिव बाल बिक्रम कार्की , नेकपा एमाले जिल्ला उप सचिव पलक चौधरी चन्द्रपुर नगर कमिटी अध्यक्ष शिव आर्चाय लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

नेकपा एमाले चन्द्रपुर नगर कमिटी उपाध्यक्ष राजेन्द्र तिवारीले संचालन गरेको सो कार्यक्रमको अध्यक्षता नेकपा एमाले चन्द्रपुर ४ वडा कमिटी अध्यक्ष डोल बहादुर ठाडामगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here