जेल बाहिरको जेल
अश्वीन सुवेदी, काठमाडौँ|
हिरासत मा परेको रात उ मस्त निदायो . धेरै पछि को स्वतन्त्र रात ! उसलाई घिसारे , धेरै गाली गरे र लामो लामो फलाम को बार भएको एउटा मध्यम र अँध्यारो कोठामा लगेर हुत्याइदिए । अरु चार जना केटाहरु पनि थिए लामो कपाल पालेका , नशालु आँखा भएका र मुन्द्रा लगाएका । एउटा अलि फरक अनुहार को थियो हेर्दा सोझो जस्तो । तर उ कसैको मतलब नगरी हुत्तिएर गयो र कोठाको कुना मा ओछ्याइएको एउटा बाक्सा माथी गएर पल्टियो .. अचम्म ! एकैछिन मा उ मस्त संग निदायो स कोल्टे परेर . केटाहरु ले धेरै बेर सम्म उ निदाएको चुपचाप हेरिरहे ।
उसको घर सिन्धुपाल्चोक हो । सिन्धुपाल्चोक को खुर्सानीबारी . तर उसलाइ पनि नियतीको खोलाले बगाएर अरुलाइ जस्तै ( काठमाडौं ल्यायो । घर मा केही पनि छैन । दुःखले पिल्सिएर असमयमै गाला चाउरी परेका उसका बा आमा र उसकी मायालु बैनी छे अनि उस्कि सम्झना , जो त्यसै तल बाटोमा कोहि मान्छे देख्ने बित्तिकै तन्किएर हेर्छे ( उ भन्ठानेर ।
घर मा उसको केही छैन ऋण छ । भुकम्प पछि तीन लाख मा अर्को दुई लाख ऋण खोजेर उसले घर बनायो ।बिहे गर्यो फेरि तीन लाख ऋण थपियो । महिना बित्यो , बर्षहरु बिते , ब्याज बढ़्यो । एक रात उसले सम्झना संग भन्यो अब फेरि एक लाख खोजेर बिदेश जान्छु । सम्झना रातभरी रोइरही ।अनि उ पासपोर्ट बनाएर काठमाडौं हानियो । उ हातमा पासपोर्ट बोकेर धेरै भौंतारियो ।घरबाट आमा बिरामी भएको खबर आयो । उ अत्तालिएर गयो र बिदेश जान भनेर खोजेको एक लाख ले आमा को उपचार गर्यो अनि काठमाडौं फर्कियो । काम को खोजी मा पनि उ धेरै तिर धायो , सबै तिर निराशा र अन्धकार मात्र ।
दौडिदा दौडिदै भाग्दा भाग्दै कोरोना आयो सरकारले सबै बन्द गर्यो । उसले घर सम्झियो अनि गह भरी आँसु पारेर उ घर जान भनेर निस्कियो तर उसलाई बाटोबाटै हप्काएर फर्काइयो । उ निराश भएर फर्कियो फेरि त्यही भाडाको सानो कोठामै । जसो तसो राहत सहयोग ले कहिले खायो कहिले भोकै सुत्यो ।। तर अब अत्ति भो । उ चारैतिर अंध्यारो मात्रै देख्न थाल्यो । हरेक साँझ सम्झना फोन गर्छे , केही कुरा हुदैन ( धेरै बेर दुबैजना रुन्छ्न अनि फोन काटिन्छ । तर एक साँझ उसको मन मा आत्महत्या गर्ने बिचार आयो ।
सम्झनालाई पनि उसले फोन मा भन्यो ( जीवन बाच्न मर्नु भन्दा धेरै कष्टकर छ । तर भाग्यबस उसको त्यो बिचार फेरि हराएर गयो ( घर सम्झेर , सम्झना सम्झेर ! फेरि निरासामै केही दिन बिते ( बन्द को बन्दमै बर्खा सुरु भो । एक दिन बिहानै उसले सुन्यो खुर्सानीबारी मा पहिरो गयो रे ! उसको घर पनि पहिरो ले बगायो रे ! अरु सबै भाग्न भ्याए रे तर बिरामी आमा भाग्न पनि भ्याइनन् रे !! उ हुत्तिएर बाहिर निस्कियो । एक बोतल रक्सी किनेर एक घुड्कामा रित्यायो अनि बोतल बजारेर सडक मा कराउँदै हिंड्न थाल्यो ( ए पिउनेहरु पिउन छोड… जिएर हेर ।।
बाटो मा पुलिस ले भेट्यो तर उसले तथानाम गाली गरेर पुलिसलाई हातपात गर्यो ।।
अचानक लामो फलाम को बार मा कसैले लौरा ले हानेर करायो । उ झस्किएर बिउँझियो ।। बाहिर बाट एउटा सिपाही ले हप्काएर बोलायो ( ए बाहिर आइज तलाइ साब ले सम्झाएर छोडने रे ! उ अचानक चिच्च्याएर रुन थाल्यो ( साब मलाइ नछाड्नुस म यहीँ बस्छु म जेल जान चाहन्न ।।। त्यहाँ भएका सबै जानाले ट्वाल्ल परेर उसलाइ हेरिरहे ।
अश्वीन सुवेदी
२०७७–०४–०७ बुधबार
प्रतिक्रिया दिनुहोस्