जेनजी आन्दोलनका क्रममा फरार भएका एक थुनुवा सर्लाहीबाट पक्राउ

xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605

सर्लाही । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा फरार भएका महोत्तरीको जलेश्वरस्थित कारागार व्यवस्थापन कार्यालयका एक थुनुवालाई सर्लाही प्रहरीले पक्राउ परेका छन् ।

सर्लाहीको हरिवन नगरपालिका– ३ डाबरी टोल निवासी ३४ वर्षीय फेकन साह तेली जेनजी आन्दोलनको क्रममा भागी फरार भएका थिए।

frontline

उनी त्यहाँ लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा थिए। फरार भएपछि उनी आफ्नै गाउँघरमा लुकिछिपी बसिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले खोजी गरिरहेको थियो।

प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले बिहिबार साँझ करिब ५ बजे फेकनलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका उनलाई आवश्यक कानुनी कारबाहीका लागि कारागार व्यवस्थापन कार्यालय मलंगवामा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here