जेठ १५ गते अशान्तिको आशंका

गणतन्त्र दिवसको दिन पारेर सडक तताउन लागेका राजावादीहरुलाई सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले चुनौती दिने भएसंगै जेठ १५ गते काठमाडौँमा अशान्ति मच्चिनसक्ने आकलन गरिएको छ । 

अघिल्लो वर्ष दुर्गा प्रसाई र महेश बस्नेत भिडेकै शैलीमा दुईपक्ष आमनेसामने हुन लागेकाले भिडन्त हुनसक्ने चिन्ता भैरहँदा सुरक्षा रणनीति बनाउन दिनदिनैजस्तो मिटिङ गरिरहेका सुरक्षा निकायका प्रमुखहरुले पनि त्यस्तो अनुमान लगाएका हुन् । 

frontline

चैत १५ गते तीनकुनेमा हिंसात्मक प्रदर्शन गरेको ठीक २ महिनापछि पर्सी बिहीबार नवराज सुवेदी नेतृत्वको ‘जनान्दोलन समिति’ले काठमाडौँ शक्ति प्रदर्शन गर्दैछ । जेठ १५ गते गणतन्त्र घोषणा भएको दिन हो भने सोही दिन बजेट पनि आउँदैछ । सरकारी तवरबाट बिहान टुँडिखेलमा  गणतन्त्र दिवसको कार्यक्रम हुँदैछ भने दिउँसो संसदमा बजेट भाषण गरिनेछ । 

त्सकारण राजावादीहरुले रणनीतिक रुपमा रोजेको जेठ १५ सरकारका लागि प्रतिष्ठाको विषय बनेको देखिन्छ । संगसंगै प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीमाथि अरिंगालले झैँ जाइलाग्न कार्यकर्तालाई निर्देशन दिएको अवस्था छ । अस्ति गोदावरीमा पार्टीबाट चुनाव जितेका वडाध्यक्षहरुको भेला गरेर उनले गणतन्त्र दिवसको दिन काठमाडौँ एमालेको कब्जामा हुनुपर्ने प्रष्ट आदेश दिएपछि भिडन्तको सम्भावना बढेको हो । 

राजावादीहरु चैत १५ जस्तै आक्रमक भए र प्रधानमन्त्रीको आदेश बमोजिम एमाले कार्यकर्ता प्रतिकारमा उत्रिए भने ‘रगतको खोलो’ बग्नसक्ने खतरालाई दृष्टिगत गर्दै उच्च सुरक्षा सतर्कता अपनाउन लागेको प्रहरी स्रोतको दाबी छ । एकदिनको शक्ति प्रदर्शनले मात्रै व्यवस्था परिवर्तन हुँदैन भन्ने बुझेका राजावादीहरु आन्दोलनलाई उग्र बनाएर भिडन्तसम्म पुर्याउने रोडम्यापमा छन् । कार्यकर्तालाई सडकमा पठाउने प्रधानमन्त्रीको तयारीले प्रत्यक्ष-परोक्ष उक्त रोडम्यापलाई नै सहयोग पुर्याउने अवस्था रहन्छ । 

विगतमा नवराज सुवेदीलाई अस्वीकार गरेका राजेन्द्र लिङ्गदेन र कमल थापासमेत अहिले एकै ठाउँमा जुटेकाले पर्सिको आन्दोलनमा २० हजार हाराहारामा मान्छे आउने प्रहरीको अनुमान छ । राजावादीहरुले भने ५० हजार कार्यकर्ता उतारेर गणतन्त्र मिल्काउने धम्की दिँदै आएका छन् । आन्दोलनकारी राजधानी प्रवेश हुनुअगावै सरकारले ठाउँ-ठाउँमा अवरोध सृजना गरेर रोक्नसक्ने भन्दै भोलि नै मान्छे छिराइसक्ने उनीहरुको योजना छ । 

संख्याका हिसाबले यो चुनौतिपूर्ण होइन । तर, प्रम ओलीले कार्यकर्तालाई राजावादीमाथि झम्टिन निर्देशन दिएकाले ‘राजा आउ देश बचाऊ’ को नारा लगाउनेहरु पनि आक्रमक हुनसक्ने र त्यसले परिस्थिति भड्किने सुरक्षा विश्लेषण प्रहरीले गरेको छ । ‘बजेट आउने दिन र गणतन्त्र घोषणा पनि भएको दिन भएकाले राज्यलाई च्यालेञ्ज गर्न उनीहरुले त्यहि दिन रोजेका हुन्’, सुरक्षा स्रोत भन्छ, ‘अलिकति सतर्कता अपनाउन सकिएन भने चैत १५ दोहोरिने खतरा छ ।’

राजावादीहरुले प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी गरे भने एमाले कार्यकर्ता निर्मल निवास घेर्ने पुग्नेसम्मको अनुमान गरिएको छ । दुवै तर्फबाट हिँसा भड्काउन योजनावद्ध गतिविधिको तयारी भैरहेको सूचना पाएको सुरक्षा स्रोतको विश्लेषण छ- राजावादीहरुलाई राजा ल्याउने नै हो भने अलिकति झिल्को हाल्नै पर्छ भन्ने परेको छ । जति द्धन्द्ध भड्किन्छ उति राजा फर्किने सम्भवना बढ्छ भन्ने बुझाइमा उनीहरु छन् । एमालेले आगोमा घ्यू थप्ने काम गर्ने त होइन ? भन्ने चिन्ता हामी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here