जुम्लाका पालिकामा धमाधम सामुदायिक भवन बन्दै

जुम्लाका स्थानीय तहले हरेक वडाका गाउँबस्तीमा सडक पुर्‍याउनुका साथ खानेपानी, पूर्वाधार विकासका भौतिक संरचना भवन निर्माणमा जोड दिएका छन् । विकास साझेदार संस्था गैरसरकारी निकायसँग समन्वय गरी गाउँगाउँमा पक्की भौतिक संरचना थपिन थालेका हुन् ।

यहाँका तीन स्थानीय तहमा करोडौंको लागतमा समुदायको जीवनस्तर उकास्ने लक्ष्यका साथ चार सामुदायिक सेवा भवन निर्माण थालिएको छ । व्यावसायिक प्रयोजन, सामुहिक छलफल कक्ष, सुविधासम्पन्न तालिम हल, कफी सेन्टर, कोसेली घरसहितको नमुना पक्की भवन निर्माण हुन थालेका हुन् ।

frontline

विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग तथा पेस नेपाल जुम्लाको प्राविधिक सहयोगमा जिल्लाका तीन स्थानीय तहमा चार नमुना सामुदायिक सेवा भवन निर्माण थालिएको छ ।

एक करोड लागतमा तातोपानी गाउँपालिका–३ पालिकाको केन्द्र लिताकोटमा, एक करोड ३९ लाखमा तिला गाउँपालिका– ९ मानेचौरमा, एक करोडमा तिला– २ पातरसाँघुमा भवन निर्माण सुरु भएको छ । हिमा गाउँपालिकामा एक करोडको लागतमा निर्माण हुने भवनका लागि जग्गा टुंगो नलागेका कारण रोकिएको छ ।

केही दिनभित्रै जग्गा टुंगो लागेपछि निर्माण सुरु गर्ने तयारी छ । चार भवन चार करोड २९ लाखमा निर्माण हुन थालेका हुन् । समुदायमा उपयुक्त ठाउँ र लगानी अभावमा उद्यम गर्न चाहने युवा पनि खुम्चिएका छन् । अर्गानिक रैथाने अन्नबाली कोसेली घर नहुँदा घरमै कुहिएको छ ।

तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले पालिकासँग लगानी गर्न बजेट अपुग भए पनि विकास साझेदार संस्था पेस नेपाल जुम्लासँग समस्य गरी भौतिक संरचना निर्माण गर्न थालिएको बताए । संरचना निर्माणपछि सामुदायिक सेवा भवनलाई व्यावसायिक प्रयोजनका लागि किसानले प्रयोग गर्न सक्ने जानकारीअध्यक्ष योगी दिए ।

तातोपानी वडा–३ का वडाध्यक्ष डिल्ली रावल पेस नेपालले पालिकाको पूर्वाधार विकासमा इँट्टा थपेको बताउँछन् । विकास साझेदार निकायले अन्यत्रभन्दा पूर्वाधार विकासका क्षेत्रमा लगानी गरे जिल्लाको विकास निर्माणले गति लिने वडाध्यक्ष रावल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here