जीटूजी मार्फत भारतबाट युरिया, डीएपी मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर

श्रोत : ईन्टरनेट

१७ फागुन, काठमाडौं । नेपाल र भारतबीच रासायनिक मल (युरिया र डीएपी) मल आपूर्तिका लागि दुई देशका सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।

 ​जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल युरिया र डीएपी मल आपूर्तिका लागि दुवै देशका सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।

frontline

पाँच वर्षका लागि जी-टू-जी (सरकार-सरकार) प्रक्रियामा मल खरिद गर्ने गरी दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। 

नेपालका तर्फबाट कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव गोविन्द्रप्रसाद शर्मा र भारतका तर्फबाट रसायन एवं मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदीले हस्ताक्षर गरेका छन्। 

कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादव र नेपालका लागि भारतीय राजदूत महामहिम विनय मोहन क्वात्राको उपस्थितमा आयोजित भर्चुअल समारोहका बीच दुई पक्षबीच समझदारी पत्रमा हस्ताक्षर एवं समझदारी पत्रको आदानप्रदान भएको हो।

सम्झौता पाँच वर्षका लागि हुने छ। सम्झौता अनुसार चालु आर्थिक वर्ष २०७८/७९ मा १ लाख ५० हजार टन मल ल्याइनेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here