जिसस रौतहटको प्रमुखमा कांग्रेसका यादव निर्वाचित

श्रोत : ईन्टरनेट

१३ असार, रौतहट । जिल्ला समन्वय समिति रौतहटको प्रमुखमा नेपाली कांग्रेसका राम अयोध्या राय यादव निर्वाचित भएका छन् ।

जिल्ला समन्वय समिति रौतहटमा नेपाली कांग्रेस, नेकपा एस र नेकपा माओवादी केन्द्रको साझा उम्मेदवारहरू विजयी भएका छन् ।

frontline

जिसस प्रमुख पदमा यादवले २६ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेबाट प्रमुखको उम्मेदवार शेरबहादुर पटेलले ५ मत मात्रै प्राप्त गर्न सके ।

उपप्रमुखमा नेकपा एसका उम्मेदवार महेश बैठाको पक्षमा २६ मत र उनका प्रतिद्वन्द्वी एमालेका प्रमिला देवको पक्षमा ५ मत प्राप्त भए ।

यस्तै, सदस्यहरूमा मोज्जमिल्ल आलम, अशोककुमार झा, सर्पलालप्रसाद यादव, कमलाकुमारी ढकाल, इन्दु देवी, विजलिया देवी र किरणदेवी साह निर्वाचित भएकी छन् ।

दलित सदस्यमा किरणदेवी साह निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय रौतहटले जनाएको छ ।

जिल्ला समन्वय समितिको कुल मतदाता ३६ जनामध्ये नेपाली कांग्रेस, नेकपा एस र नेकपा माओवादी केन्द्र गरेर २४ जना पक्षमा रहेका थिए ।

गत १० गते उम्मेदवारी दर्ता गराएपछि गठबन्धनको विजय सुनिश्चित थियो तर औपचारिक रूपमा विजयी घोषणा हुन मात्रै बाँकी रहेको थियो ।

गठबन्धनबाट नेका प्रमुखसहित ५ पद, नेकपा एस उपप्रमुखसहित ३ पद र नेकपा माओवादी केन्द्र १ पदमा तालमेल गरेर निर्वाचनमा गएको थियो ।

यसअघि पनि जिसस प्रमुखमा नेपाली कांग्रेसकै उमेदवार विजयी भएका थिए । सो समयमा तत्कालीन मधेसी जनअधिकार फोरम र नेपाली कांग्रेसबीच गठबन्धन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here