जिसस इलाम प्रमुखमा एमालेका उम्मेदवार राई विजयी

४ असार, इलाम । जिल्ला समन्वय समिति इलामको प्रमुखमा एमालेका उम्मेदवार जयप्रकाश राई विजयी भएका छन्। उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार चित्रकला बराइली निर्वाचित भइन्।

प्रमुखमा निर्वाचित राईले नेपाली कांग्रेसका विमल वैद्यलाई हराउँदै विजयी भएका हुन् भने उपप्रमुखमा एकीकृत समाजवादीका चित्रकला बराइलीले कांग्रसकी कमला अधिकारी बराललाई हराउँदै विजयी भइन्। प्रमुखमा एमालेका राईले १२ मत प्राप्त गर्दा उपप्रमुखमा एकीकृत समाजवादीका बराइलीले १३ मत प्राप्त गरिन्। 

frontline

सदस्यहरूमा एमालेका प्रेमराज गुरुङ, शेरबहादुर खालिङ, रामप्रसाद लिम्बु, सीता कार्की र मीनाकुमारी राई निर्वाचित भइन्। एकीकृत समाजवादीका तृष्णा लोहार र सपनादेवी राई शेर्पा निर्वाचित भए। 

महिला सदस्यमा एमाले र समाजवादीका उम्मेदवार मीना कुमारीको १२ मत आउँदा अरु दुई सदस्यले १३-१३ मत प्राप्त गरेका छन् भने कांग्रेसका दुई उम्मेदवारले सात-सात मत प्राप्त गरे। 

त्यस्तै दलित महिला सदस्यमा  कांग्रेसका पार्वती विकको सात मत आएको थियो। एकीकृत समाजवादीका उम्मेदवारले १२ मत प्राप्त गरेका थिए।

सदस्यमा एमालेका तीन उम्मेदवारले १२-१२ मत प्राप्त गर्दा कांग्रेसका राजकुमार लिम्बु र विष्णुप्रसाद भट्टराईले आठ-आठ मत प्राप्त गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here