जिल्ला प्रशासन पाँचथरद्वारा बजार अनुगमनलाई तीव्रता

फाइल तस्बिर

१३ असोज, पाँचथर । जिल्ला प्रशासन कार्यालय पाँचथरले बजार अनुगमनलाई तीव्रता दिएको छ। दशैँ तथा पर्वको समयमा हुने कालोबजारीजस्ता गतिविधिलाई रोक लगाउने उद्धेश्यका साथ बजार अनुगमन कार्यक्रमलाई कडाइका साथ अघि बढाइएको जिल्ला प्रशासन कार्यलय पाँचथरका सहायक प्रमुख जिल्ला अधिकारी तथा बजार निरीक्षण अधिकृत राहुल सिंह ले जानकारि दिए ।

उनका अनुसार बिहिबार मात्र सदरमुकाम भित्रका बजारका विभिन्न मासु पसलहरुको अनुगमन गरिएको छ। अनुगमनका क्रममा धेरैले दर रेटको मूल्य सूची टाँसेको तर सरसफाइ व्यवस्थापन अलि कमजोर देखिएकोले सरसफाइको व्यवस्थापनमा जोड दिन निर्देशन दिइएको पनि सिंहले जानकारी दिए।

frontline

केही दिन अगाडि मात्र बजारका विभिन्न खाद्यान्न पसलहरुमा अनुगमन गरि सकिएको र बजार अनुगमनलाई कडाइका साथ अगाडि बढाइने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here