जिल्ला कार्यालय लमजुङको लापरवाहीले जनता मर्कामा

९ फागुन, काठमाडौं ।  नेपालको करिब मध्ये भागमा अवस्थित गण्डकी प्रदेश अन्तर्गत पर्ने लमजुङ जिल्लाको राइनास नगरपालिका साविकको तार्कुघाट, धमिलीकुवा, चक्रतीर्थ, भलायखर्क, प्याराजुङ र राइनास मोहोरियाकोट गा.वि.स.हरुलाई समेटेर बनाएको हो ।

लमजुङ जिल्लाको भानुभक्त राजमार्गको नेपालडाँडाबाट करिब १ कि.मी. पूर्वमा पर्ने यस नगरपालिकाको अधिकांश भू–भाग पहाडी क्षेत्रले ढाकेको छ भने केही भाग टार बेसीले ढाकेको छ ।

frontline

यस नगपालिकाको आफैमा भौगोलिक विविधताले भरिपूर्ण रहेकोछ । राइनास नागरपालिकाको वडा नं ६ मा २ हजार ६ सय ८४ जना र वडा नं ७ मा १ हजार ७ सय ४१ जनता बसोवास गर्दछन ।

उक्त जनताले प्रयोग गर्ने मतदान होस् वा अन्य सिफारीस लिन समस्या परेकोछ । मताधिकार प्रयोग गर्न मतदाता नामावलीमा निर्वाचन आयोगको जिल्ला निर्वाचन कार्यालय लम्जुङ ले भूगोल फरक परि मतदाता नामावली प्रकाशन गरिदिदा वडा फरक परिदिएको लापरवाही भएकोले समस्या पेचीलो बनेको छ ।

राइनास नगरपालिकाको वडा न. ६ धमिलेकुवा क्षेत्रका जनताले मत खसाल्न वडा नं ७ गरमवेशी तर्फ जानु पर्ने छ भने वडा नं ७ का जनताले ६ तर्फ जानु पर्ने छ ।

निर्वाचन आयोग तथा जिल्ला निर्वाचन कार्यालय लम्जुङमा गर्दा समेत कुनै कार्यवाही भएको छैन ।

नगरपालिकाले नगरकार्यपालिका बाट निर्णय गराएर जुन भूगोलका जनता हून सोही वडामा मताधिकारको व्यवस्था गरिदिन जिल्ला निर्वाचन आयोगलाई जानकारी गराउदा समेत कुनै कार्य भएको छैन ।

जनता बसोवास गर्ने वडा एउटा मत खसाल्ने वडा अर्को हुदा जन्म देखि मृत्यृ सम्मका कागजपत्र लिन वा विकासको लागि कुनै सिफारीस लिन समेत समस्या परेको मेयर सिह बहादुर थापा बताउनु हुन्छ ।

निर्वाचन ऐन र निर्वाचन सम्बन्धी कानून अनुसार पनि जनताले चाहेको क्षेत्रबाट मतदान गर्न पाउने व्यवस्था भए पनि जिल्ला निर्वाचन कार्यालय लम्जुङको लापरवाही प्रष्ट देखिन्छ ।

यसको सुधारका लागि आवश्यक पहल गरिदिन जनप्रतिनिधि अनुरोध गरिरहेका छन, तर सुनुवाई भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here