जिल्लास्तरीय भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली आज बुटवल आउने

बुटवल । पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (बुधबार) बुटवल आउने भएका छन् ।

बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा रुपन्देहीस्तरीय कार्यकर्ता भेला आयोजना गरिएको एमाले रुपन्देहीले जनाएको छ ।

frontline

भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल लगायतका नेताहरुले सम्बोधन गर्ने जिल्ला प्रचार विभाग प्रमुख मोहन चापागाईंले जानकारी दिए ।

भेलामा जिल्लाका १६ वटै स्थानीय तहबाट नेता कार्यकर्ता सहभागी हुने चापागाईंले बताए ।

ओली मंगलबार गृहजिल्ला झापाको कार्यकर्ता भेलामा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here