जिरी नगरपालिका–८ आहालेमा दम्पती मृत फेला परे

५ भदौ, दोलखा । दोलखाको जिरी नगरपालिका–८ आहालेमा दम्पती मृत फेला परेका छन् ।

अन्दाजी ५५/५६ वर्षका हर्कबहादुर जिरेल र उनकी ५० वर्षीय श्रीमती शनिबार साँझ ७ बजेतिर मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय जिरीले जनाएको छ ।

frontline

प्रहरीका अनुसार जिरेल आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेका हुन् भने उनकी श्रीमती डेढ किलोमिटर नजिकैको बोक्से भीरबाट लडेको अवस्थामा मृत फेला परेका हुन् ।

उनीहरूको मृत्युको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here