जावलाखेल भलिवल टिमका म्यानेजर लागुऔषधसहित पक्राउ
काठमाडौं । ललितपुरस्थित जावलाखेल भलिबल टिमका म्यानेजर अनुप श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
अनुपसहित थप दुईजनालाई लागुऔषधसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले बताइन् ।
पक्राउ पर्नेमा अमृता खड्का र परदु गुरुङ छन् ।
महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले अनुपको कोठाबाट ५० ग्राम अवैध लागु औषध एम्फेटामाइन आइस बरामद गरेको छ ।
अनुपले एम्फेटामाइन आइसको डिलर चलाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
अमृता र परदु लागुऔषध प्रयोगकर्ता हुन् ।
अनुपकोमा किन्न गएको बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
अनुपको कोठाबाट प्रहरीले लागुऔषध तौलने डिजीटल तराजु, प्लाष्टिकका प्याकेट र तीन थरी मिश्रण गरेर प्रयोग गरिने लागुपदार्थ पनि बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस्