जावलाखेलको चिडियाखानाबाट रेड पाण्डा चोर्ने प्रयास, प्रहरीले थाल्यो अनुसन्धान

News Summary

Generated by OK AI. Editorially reviewed.

  • ललितपुरको सदर चिडियाखानाबाट दुर्लभ रेड पाण्डा चोरी गर्ने प्रयास भएको छ।
  • प्रहरीले यस घटनाको अनुसन्धान गरिरहेको छ।
  • घटना हुँदा चिडियाखानाका प्रमुख बिदामा थिए।

३१ वैशाख, काठमाडौं । ललितपुरको सदर चिडियाखानाबाट दुलर्भ रेड पाण्डा चोरी गर्ने प्रयास भएको छ । मंगलबार बेलुकी रेड पाण्डा चोरी गर्ने प्रयास भएको पाइएपछि जिल्ला प्रहरी परिसर, ललितपुरमा उजुरी परेको छ ।

frontline

जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख श्यामकृष्ण अधिकारीले यसबारे प्रहरीले अनुसन्धान गरिरहेको पुष्टि गरे ।

स्रोतका अनुसार, रेड पाण्डा चोरी गर्न लागेको दृश्य क्लोज सर्किट (सीसी) क्यामरामा समेत कैद भएको छ ।

‘यद्यपि त्यो त्यति धेरै स्पष्ट छैन, विभिन्न पक्षको विश्लेषण गरेर अनुसन्धान गरिरहेका छौं’, अनुसन्धानमा संलग्न एक अधिृकतले भने ।

स्रोतका अनुसार, यो घटना हुँदा चिडियाखानाका प्रमुख चाहिँ बिदामा थिए ।

चिडियाखाना

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here