जापानमा हिउँ र बरफमाथिबाट चिप्लेर २ सय बढी मानिस घाइते

२४ पुस, टोक्यो । जापानमा हिउँ र बरफमाथिबाट चिप्लेर २ सयभन्दा बढी मानिस घाइते भएका छन्। राजधानी टोक्योमा भारी हिमपातपछि जमेको हिउँ र बरफमाथिबाट चिप्लेर सो संख्यामा मानिस घाइते भएका हुन्।
बिहीबार र शुक्रबार दिउँसोसम्ममात्र सो संख्यामा मानिसहरु घाइते भएको र घाइतेहरु सबैलाई अस्पताल भर्ना गरिएको टोक्यो न्युजमा समाचार छ।




चिप्लेर लड्नेमा ९ देखि ९७ वर्ष उमेर समूहका मानिस रहेको बताइएको छ। हिमपातका कारण विगत २४ घण्टामा ३ सयभन्दा बढी सामान्य खाले सडक दुर्घटना भएको समेत बताइएको छ।
चार वर्षपछि पहिलो पटक टोक्योमा भारी हिमपात भएको त्यहाँका अधिकारीहरुले बताएका छन्। बिहीबार साँझदेखि टोक्योमा १० सेन्टिमिटरसम्म हिमपात भएको बताइएको छ।
भारी हिमपातका कारण त्यहाँको यातायात सेवा शुक्रबारसम्म अवरुद्ध बनेको टोक्यो न्युजमा खबर छ। टोक्योको तापक्रम शुक्रबार १.८ डिग्र सेल्सियसमा झरेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्