जापानमा मालवाहक पानीजहाज पल्टिँदा १ जनाको मृत्यु, ९ जना बेपत्ता

११ माघ, टोकियो । जापानको नागासाकी प्रान्तमा मालवाहक पानीजहाज पल्टिँदा एकजनाको मृत्यु भएको छ भने अन्य नौजना बेपत्ता भएका छन् । 

नागासाकीस्थित चिनियाँ महावाणिज्य दूतावासले बुधबार दिएको जानकारीअनुसार हङकङमा दर्ता भएको कार्गो जहाजमा १४ चिनियाँसहित र म्यानमारका चालक दलका आठ सदस्य थिए ।

frontline

६ हजार ६५१ टन क्षमताको जहाजमा २२ जना सवार थिए । जापानको तटरक्षक बलले डान्जो टापुबाट करिब ११० किलोमिटर पश्चिममा मङ्गलबार राति ११ः१५ बजे आपतकालीन फोन आएको जनाएको छ ।

गस्ती डुङ्गा र विमानहरूले हराइरहेकाहरूको खोजी गरिरहेका छन् र उनीहरू लाईफबोटमा तैरिरहेको हुनसक्ने आशा गरिएको छ । 

सामुद्रिक गार्डले भने डुबेको मालवाहक जहाजको आसपासमा शक्तिशाली हावाहुरीका कारण खोजी तथा उद्धार कार्यमा बाधा पुगेको जनाइएको छ ।

चारजना चिनियाँ र एकजना म्यान्मारका गरी चालक दलका पाँचजना सदस्यलाई सकुशल उद्धार गरिएको महावाणिज्य दूतावासले जनाएको छ ।

म्यान्मारका चालक दलका एक सदस्यको मृत्यु भएको पुष्टि भएको छ भने अन्य सातजना बेहोस रहेका र उनीहरूको उपचार भइरहेको बताइएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here