जापानमा भारी हिमपात, सयभन्दा बढी उडान रद्ध
१२ पुस, टोक्यो । जापानको उत्तरी र पश्चिमी क्षेत्रमा भारी हिमपात हुँदा त्यहाँको एयरलाइन्सले १ सयभन्दा बढी उडान रद्ध गरेको छ ।
भारी हिमपातका कारण आइतबारका लागि तय भएका १ सयभन्दा बढी आन्तरिक उडान रद्ध गरिएको हो ।
जापान एयरलाइन्स र एएनए होल्डिङ्सले आइतबारका लागि तय भएका १ सयभन्दा बढी आन्तरिक उडान रद्ध गरेका हुन् ।
करिब ७९ वटा उडान रद्ध हुँदा आफ्ना करिब ५१ सय यात्रु मर्कामा परेको भन्दै एएनए होल्डिङ्सले माफी मागेको छ ।
यस्तै भारी हिमपातकै कारण जापान एयरलाइन्सले आफ्ना ४९ वटा उडान रद्ध गरेको छ । जसका कारण करिब २५ सय यात्रु मर्कामा परेको भन्दै विमान कम्पनीले माफी मागेको छ ।
आइतबार बिहानदेखि जापान सागरको कोस्ट क्षेत्रमा भारी हिमपात भएको जापान टाइम्सले जनाएको छ ।
भारी हिमपातपछि अन्य यातायात सेवासमेत प्रभावित भएको बताइएको छ । हिमपात मंगलबारसम्म जारी रहने भन्दै स्थानीयलाई सर्तक रहन त्यहाँको मौसम विभागले सुचित गराएको छ ।
प्रतिक्रिया दिनुहोस्