जापानमा कोरोनाबाट एकैदिन हालसम्मकै धेरै संक्रमितको मृत्यु

११ फागुन, काठमाडौं । जापानमा कोरोना भाइरसबाट एकैदिन हालसम्मकै धेरै कोभिड संक्रमितको मृत्यु भएको छ ।

मंगलबार जापानमा कोभिड संक्रमणबाट ३१९ जनाको मृत्यु भएको छ । जुन संख्या महामारी सुरु भएयताकै धेरै हो ।

frontline

नयाँ ओमिक्रोन भेरियन्ट व्यापक बन्दै गएपछि गम्भीर संक्रमित र ज्यान गुमाउने जेष्ठ नागरिकको संख्या बढ्न थालेपछि दैनिक मृत्यु दर उच्च बिन्दुमा पुगेको हो ।

आज राजधानी टोकियोमा थप ४ हजार नयाँ संक्रमित थपिएका छन् । जबकि त्यहाँ एक हप्ताअघि दैनिक संक्रमितको संख्या ११ हजार ४४३ थियो । तर संक्रमणबाट ज्यान गुमाउनेको संख्या भने उच्च नै छ ।

मंगलबार टोकियोमा २५ संक्रमितको ज्यान गएको जापान टाइम्सले जनाएको छ । त्यहाँ हिजो हालसम्मकै धेरै अर्थात् ३० जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका थिए ।

यता आज ओसाका प्रिफेक्चरमा हालसम्मकै धेरै अर्थात् ६३ जना संक्रमितको मृत्यु भएको छ भने १० हजार ९३९ जना नयाँ संक्रमित थपिएका छन् ।

तर जापानमा दैनिक रुपमा थपिने नयाँ संक्रमितको संख्या भने घट्न थालेको छ । सोमबार त्यहाँ ५१ हजार ९८७ जना नयाँ संक्रमित थपिएका थिए ।

हिजो त्यहाँ जनवरी २४ यता पहिलो पटक दैनिक संक्रमितको संख्या ६० हजारमुनि झरे पनि गम्भीर संक्रमितको संख्या १८ प्रतिशतले बढेर एक हजार ४९५ पुगेको छ । जापान टाइम्सबाट

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here