जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको मुटुको धड्कन रोकियो

२४ असार, काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार भएको छ । शुक्रबार बिहान साढे ११ बजे नारा सिटीमा स्ट्रिटमा स्पिच दिइरहेका बेला पछाडिबाट गोली प्रहार भएको हो ।

आक्रमणकारीले उनलाई पछाडिबाट दुईवटा गोली हानेपछि सिन्जो€ आबे भुइँमा खसेका थिए र उनको शरीरबाट रगत बगिरहेको देखिएको थियो। यो पूरै घटनाको भिडियो पनि सार्वजनिक भएको छ ।

frontline

समाचार एजेन्सी एपीले एक जापानी अधिकारीलाई उद्धृत गर्दै पूर्व जापानी प्रधानमन्त्री सिन्जो आबेले आक्रमणपछि सास फेर्न नसकेको बताए।

एयरलिफ्ट गर्दा उनको मुटुको धड्कन पनि रोकिएको बताइएको छ । आक्रमणको खबर पाएलगत्तै जापानका प्रधानमन्त्री फुमियो किशिदा र अन्य क्याबिनेट मन्त्रीहरू टोकियो फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here