जातीय विभेदको आरोपमा घरबेटीलाई ३ दिन हिरासतमै राखिने

काठमाण्डु । जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरबेटीलाई तीन दिन हिरासतमै राखेर अनुसन्धान गरिने भएको छ ।

सञ्चारकर्मी रुपा सुनारको उजुरीका आधारमा आइतबार पक्राउ परेकी बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई ३ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिने भएको हो ।

frontline

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता एसपी रमेश बस्नेतले जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर पक्राउ गरिएकाले उनलाई तीन दिन प्रहरी हिरासतमै राखिने जानकारी दिए ।

अनुसन्धानबाट आरोप प्रमाणित भएमा आवश्यक कारवाही प्रक्रियाका लागि प्रहरीले अदालतमा मुद्धा पेश गर्ने उनले बताए ।

सञ्चारकर्मी रुपाले असार १ गते बवरमहलमा घर भएकी घरधनी सरस्वती प्रधानले सबै कुरा मिलेपछि दलित भन्ने थाहा पाएर कोठा भाडामा नदिएको भन्दै प्रहरीमा उजुरी गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here