जाजरकोटस्थित जलजला पाटनमा गोठाला गएका सातजना सम्पर्कविहीन

काठमाडौं । जाजरकोटस्थित कुसे गाउँपालिका–८, जलजला पाटनमा गोठाला गएका सातजना सम्पर्कविहीन भएका छन्।

एक्कासी आएको हावाहुरीसँगै ठूलो वर्षा भएपछि उनीहरु सम्पर्कविहीन भएका हुन्।

frontline

उनीहरु जेठ ३१ गते गाई, भैंसी र बाख्रा लिएर भेरीगोठका लागि ११ जना पाटन गएका थिए।

तीमध्ये चारजना सम्पर्कमा आएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुकुमार थापाले जानकारी दिए।

उनका अनुसार अन्य सातजना सम्पर्कविहीन छन्।

४४ वर्षीय भक्तबहादुर रोकाया, १० वर्षीय कृष्ण रोकाया, १४ वर्षीया दुर्गा रोकाया र ५५ वर्षीया गंगा खड्का सम्पर्कमा आएका छन्।

सोही वडाका ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय भिमबहादुर खड्का, १७ वर्षीया तुलसरा खड्का र सोही गाउँपालिका वडा नम्बर ९ चैनका ४० वर्षीय कृष्ण रोकाया सम्पर्कविहीन भएका डिएसपी थापाले जनाए।

सम्पर्कविहीन भएका उनीहरुको खोजीका लागि प्रहरी र स्थानीयहरु त्यस क्षेत्र गएका छन्। 

प्रतिक्रिया दिनुहोस्

poster-here