जहाज दुर्घटनामा मृत्यु भएका ६ जनाको ‘डिएनए’ परीक्षण सुरु, पहिचान हुन अझै दुई हप्ता लाग्ने

१७ माघ, काठमाडौं । पोखरामा एती एयरको जहाज दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको शव पहिचान गर्न ‘डिएनए’ परीक्षण सुरु भएको छ ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपालकुमार चौधरीले दुर्घटनाान परी शव अत्यधिक जलेको कारणले डिएनएबाट मात्र शव पहिचान हुने भएकाले परीक्षण सुरु गरिएको जानकारी दिनुभयो ।

frontline

उहाँका अनुसार नेपाल प्रहरीको डिएनए प्रयोगशालामा शव पहिचान सुरु गरिएको हो । उहाँले परिवारको नमुना संकलन र ६ जना शवको हड्डी र दाँतको डिएनए निकाली प्रयोगशालामा पठाइसकेको बताउनुभयो । यो विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने जनाइएको छ ।

काठमाडौं ल्याएका ४८ शवमध्ये फरेन्सिक र फिंगर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको थियो । पोखरामा २२ जनाको फरेन्सिक जाँच शव पहिचान गरिएको हो ।

गत माघ १ गते काठमाडौंबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना हुँदा ७२ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here