जसपा रौतहटको जिल्ला अधिवेशन सम्पन्न: राजीव रञ्जन यादव अध्यक्षमा निर्वाचित

मेवालाल यादव

रौतहट — जनता समाजवादी पार्टी (जसपा) नेपाल रौतहटको प्रथम जिल्ला अधिवेशन बिहीबार गरुडा नगरपालिकामा भव्य रुपमा सम्पन्न भएको छ। अधिवेशनबाट राजीव रञ्जन यादव नयाँ जिल्ला अध्यक्षमा निर्वाचित भएका छन्। उनले पूर्व जिल्ला अध्यक्ष श्याम बिहारी यादवलाई ६६ मतको अन्तरले पराजित गर्दै अध्यक्ष पदमा जित हासिल गरे। राजीवले १९६ मत प्राप्त गरेका थिए भने श्याम बिहारीले १३० मत पाएका थिए।

frontline

अन्य पदहरूमा समेत प्रतिस्पर्धात्मक निर्वाचन भएको थियो। उपाध्यक्ष पदमा अमरुल हकले १८५ मत र पारस भण्डारीले १९८ मत ल्याएर विजयी भए। उनीहरूका प्रतिस्पर्धी अमृतलाल चौधरीले १०९ र रामेश्वर रायले १३२ मत प्राप्त गरेका थिए।

सचिव पदमा शम्भु प्रसाद यादव १९१ मत ल्याउँदै निर्वाचित भए भने उनका प्रतिद्वन्द्वी जयराम महतोले १२४ मत प्राप्त गरे।
सह-सचिव पदमा उपेन्द्र राय (१८६ मत) र दीपेन्द्र पटेल (१९७ मत) विजयी भए। उनीहरूका प्रतिस्पर्धी प्रवेज आलमले १२४ र बसन्त झाले ११३ मत पाए।

कोषाध्यक्ष पदमा ब्रिज मोहन साह १७२ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी सुरेन्द्र बैठाले १४१ मत ल्याए।

नव निर्वाचित अध्यक्ष राजीव रञ्जन यादव रौतहटको बौधिमाई नगरपालिकाका पूर्व नगरप्रमुखसमेत हुन्। निर्वाचनपश्चात अध्यक्षमा निर्वाचित यादवले पार्टीलाई जिल्लामा थप संगठित र मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले समावेशीता, एकता र विकासलाई प्राथमिकतामा राखेर पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य लिएको बताएका छन्।

अधिवेशनमा पार्टीका केन्द्रीय नेताहरू, प्रदेश प्रतिनिधिहरू, कार्यकर्ताहरू तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। यस अधिवेशनले रौतहट जिल्लामा जसपाको सांगठनिक संरचना बलियो बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here