जसपा नेपालले गर्यो ४ जना प्रदेश सांसदलाई कारबाही
जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति र निर्णय विपरीत कार्य गरेको भन्दै कोशी र लुम्बिनी प्रदेशका ४ जना प्रदेश सभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।
ललितपुरको बालकुमारीमा भदौ १६ देखि १८ गतेसम्म बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशासन उल्लंघन गरेको भन्दै जनप्रतिनिधिहरूलाई कारबाही गर्ने निर्णय गरेको हो ।
लुम्बिनी प्रदेश सभामा पार्टीका तर्फबाट निर्वाचित प्रदेश सभा सदस्यहरू रुपन्देही निर्वाचन क्षेत्र नं ३ (१) बाट निर्वाचित सन्तोष कुमार पाण्डेय, समानुपातिक निर्वाचन तर्फबाट निर्वाचित हेमा वेल्वासे, बाँके निर्वाचन क्षेत्र नं. २ (१) बाट निर्वाचित भण्डारीलाल अहिर र बाँके निर्वाचन क्षेत्र नं. २ (२) बाट निर्वाचित आदेशकुमार अग्रवाललाई अनुशासन सम्बन्धी कारबाही गर्दै पार्टी साधारण सदस्यबाट समेत निष्कासन गर्ने निर्णय गरेको उनले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षता र संरक्षक महन्थ ठाकुरको उपस्थितिमा बसेको उक्त बैठकले पार्टीभित्रको अनुशासनलाई कडाइका साथ लागू गर्ने सन्देश दिएको छ । कारबाहीमा परेका सांसदहरूको पद रिक्त गर्न सम्बन्धित प्रदेश सभाहरूमा छिट्टै पत्राचार गरिने सो पार्टीले जनाएको छ ।
पार्टीले स्थानीय तहका जनप्रतिनिधिलाई समेत कारबाही गरेको छ।
त्यस्तै, पार्टीका तर्फबाट स्थानीय तहहरूमा निर्वाचित जनप्रतिनिधिहरू सिरहा जिल्ला लहान नगरपालिकाका उपप्रमुख राम चलित्तर महतो, सुखवा नन्कारकट्टी गापा वडा नं. ४ रमेश कुमार यादव, धनगढीमाई नगरपालिका वडा नं. ७ विजय कुमार महतो, कर्जन्हा नगनारपालिका वडा नं. ६ प्रकाशमान श्रेष्ठ, कर्जन्हा नगरपालिका वडा नं. ८ शम्भु कुमार व्यार, कर्जन्हा नगरपालिका वडा नं. ९ मो. मुस्तकिम, कर्जन्हा नगरपालिका वडा नं. ११ किस्मत राईलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।
पर्सा जिल्ला कालिकामाई गापा वडा नं. ३ का अध्यक्ष संजय कुमार पटेल र सोही गाउँपालिका वडा नं. १ का अध्यक्ष लालबाबु राउत बरै, प्रदेश नम्बर १ समानुपातिक तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य निर्मला तावा, खोटाङ जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राई, केपीलासगढी गापा उपप्रमुख गुरुराज राईलाई कारबाही गरेको छ ।
चिरुङ नपा वडा नम्बर १० का वडा अध्यक्ष मुग्धन राई, चिरुङ नगरपालिका वडा नम्बर १० का वडा सदस्य सहरमान राई, चिरुङ नगरपालिका वडा नम्बर १० का वडा सदस्य कल्पना राई, चिरुङ नगरपालिका वडा नम्बर १० का वडा सदस्य दलित महिला गिता वि.क.लाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।
त्यस्तै, चिरुङ नपा वडा नम्बर १० का वडा सदस्य रामधन राई, धिरुम नगरपालिका वडा नं. ८ का कार्यपालिका सदस्य विरेन्द्र कुमार दर्नाल, जिल्ला भोजपुर टेम्केमैयुङ गापा वडा नम्बर ३ का अध्यक्ष वालकृष्ण राई, जिल्ला उदयपुर लिचिङवुङ गाउँपालिका ४ वडा अध्यक्ष छत्र बहादुर राई, जिल्ला इलाम माम्सेबुङ गाउँपालिकाका उपप्रमुख विनोद नेम्वाङ, ईलाम सन्दकपुर गापा वडा अध्यक्ष ज्ञानेन्द्र गुरुङ र जिल्ला सुनसरी कोशी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जुडीलाल कडौरीयालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी सदस्यताबाट निष्कासन गरिएकाे हाे।






प्रतिक्रिया दिनुहोस्