जसपा नेपालको रौतहटमा DOTIM परिसंघको जिल्ला स्तरीय भेला तथा अन्तरक्रिया सम्पन्न
श्रीकांत यादव
जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) रौतहट जिल्ला समितिको विस्तारित बैठकअन्तर्गत दलित, पिछडावर्ग, थारु, आदिवासी तथा अल्पसंख्यक समुदायको संगठनात्मक सशक्तीकरणलाई लक्ष्य गर्दै DOTIM परिसंघको रौतहट जिल्ला स्तरीय भेला तथा बृहत् अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रम जसपा नेपालका राष्ट्रिय अध्यक्ष तथा प्रमुख वक्ता माननीय उपेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो भने कार्यक्रमको अध्यक्षता चन्देश्वर पासवानले गरेका थिए।
भेलामा बोल्दै जसपा नेपाल रौतहटका जिल्ला अध्यक्ष राजिव रंजन उर्फ राजु यादवले दलित, पिछडावर्ग, थारु, आदिवासी तथा अल्पसंख्यक समुदायको अधिकार, प्रतिनिधित्व र संगठनात्मक मजबुतीलाई अझ प्रभावकारी बनाउनु आवश्यक रहेको उल्लेख गर्दै सामाजिक न्यायसहितको समावेशी राजनीतिक संरचना निर्माणमा पार्टी दृढतापूर्वक प्रतिबद्ध रहेको धारणा व्यक्त गरेका हुन्।
कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्य रामकिशोर प्रसाद यादव, जिल्ला अध्यक्ष राजिव रंजन उर्फ राजु यादव, माननीय शोभा देवी साह, माननीय फुलबाबु, विवेक कुमार यादव, श्याम बिहारी यादवलगायत पार्टीका नेता–कार्यकर्ता, विभिन्न समुदायका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।






प्रतिक्रिया दिनुहोस्