जसपा केन्द्रीय कार्यसमिति बैठक बस्दै

मंगलबार, काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यसमिति बैठक मंगलबार राजधानीमा बस्दैछ ।

पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि पहिलोपटक केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।

frontline

बैठकमा सरकारमा सहभागिता, भागवण्डा, मन्त्री चयन लगायतका विषयमा छलफल हुने बताइएको छ । 

डिल्लीबजार, कालिकास्थानस्थित एउटा पार्टी प्यालेसमा बिहान ११ बजे जसपा नेपालको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्ने सो पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्य मनिष सुमनले जानकारी दिए ।

पहिलो बैठक भएकाले जनपरिचालन, अभिमुखीकरण लगायतका विषयमा छलफल हुने उनले बताए ।

महन्थ ठाकुर पक्षले आधिकारिकता गुमाएसँगै जसपामा ५१५ केन्द्रीय सदस्य कायम गरिएका छन् ।

महन्थ ठाकुर र राजेन्द्र महतो भने जसपाको साधारण सदस्यमा मात्र सीमित छन् । पार्टीले उनीहरुलाई केन्द्रीय समितिबाट हटाएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here