जसपा अध्यक्षको व्यक्तिगत लगानीमा लाखौंको टावरबत्ती सञ्चालन, पूर्व मेयर यादवले गरे उद्घाटन


 
मेवालाल यादव

रौतहट // जनता समाजवादी पार्टी नेपाल रौतहटका अध्यक्ष श्याम विहारी यादवले आफनै व्यक्तिगत लगानीमा लाखौंको टावर लाइट सञ्चालनमा ल्याएका छन् ।
जसपाका जिल्ला अध्यक्ष यादवको व्यक्तिगत लगानीमा जिल्लाको माधवनारायण नगरपालिका–३ भेल्ही बजारमा एक सुविधा सम्पन्न अत्याधुनिक टावर लाइट बुधवारदेखी सञ्चालनमा आएको छ ।

frontline

माधवनारायण नगरपालिकाका पूर्व नगर प्रमुख विरेन्द्र प्रसाद यादवले उक्त टावर लाइटको आज बेलुका ७ बजेको समयमा स्वीच थिचेर उद्घाटन गरेका छन् ।

भेल्ही बजारमा आयोजित एक भव्य कार्यक्रमका बीच पूर्व नगर प्रमुख यादवले स्वीच थिचेर उद्घाटन गरेको टावरबत्ति आजैदेखी सञ्चालनमा आएको छ ।

भेल्ही बजारमा टावर लाइट नहुँदा रातीको समयमा सर्वसाधारण जनतालाई हिडडुल गर्न ठुलो समस्या भइरहेकोे भनी व्यापक गुनासो आएपछि जसपाका जिल्ला अध्यक्ष श्याम विहारी यादवले आफनै व्यक्तिगत लाखौंको लागतमा उक्त टावर लाइट जडान गरी सञ्चालनमा ल्याएका छन् ।

टावरबत्तीको अभावमा आम नागरिकलाइ रातीमो हिड्डुल गर्न समस्या नहोस र अन्ध्यारोको मौकाछोपी रातीमा हुने चोरी तथा अपराधीक क्रियाकलाप रोक्ने वा नियन्त्रण गर्ने उद्देश्यले आफु आफनै लगानीमा टावर लाइट जडान गरी सञ्चालन गरेको जिल्ला अध्यक्ष यादवले बताएका छन् ।

टावर लाइट सञ्चालनमा आएपछि भेल्ही बजार अब उज्यालोमय बनेपछि स्थानीयबासिन्दाहरु निकै हर्षित भएका छन् ।रौतहट क्षेत्र नं १ का माननिय सांसदहरुले टावर लाइट जडान गर्न नसकेको अवस्थामा आफनै लगानीमा टावर लाइट सञ्चालन गरी सराहनीय काम गरेको भन्दै स्थानीयहरुले जसपा जिल्ला अध्यक्ष श्याम विहारी यादवको चौतर्फि प्रशंसा गर्न थालेका छन् ।

सो अवसरमा जसपाका वडा अध्यक्ष प्रत्याशी रामबहादुर यादव, नेता सम्भु यादव, बिगनेश पसवान, तपसि यादव, उमाशंकर साह, भेल्हि मेला समितीका अध्यक्ष बिरेन्दर साह लगाएतका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here