जसपाले सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय, नयाँ मन्त्री छान्ने अधिकार उपेन्द्र यादवलाई

फाइल तस्बिर

१४ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

सोमबार साँझ बसेको जसपाका अध्यक्ष उपेन्द्र यादव समूहको बैठकले सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

frontline

बैठकमा उपेन्द्र पक्षका कार्यकारिणी सदस्यहरू मात्र सहभागि थिए। उक्त बैठकमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईका पक्षका कुनै कार्यकारिणी सदस्यलाई बोलाइएको थिएन। बैठकले सरकारमा अब कसलाई मन्त्री बनाउने भन्ने अधिकार उपेन्द्रलाई दिने निर्णयसमेत गरेको छ

कार्यकारिणीमा आफ्नो बहुमत रहेको दाबी गर्दै उपेन्द्र पक्षका सदस्यको बैठकले बाबुराम भट्टराई, महेन्द्र यादवसहितका नेताहरुलाई कारबाही गर्ने अधिकार पनि यादवलाई दिइएको छ। पछिल्लो समय जसपाका बाबुराम र उपेन्द्र गरी दुई गुटमा विभाजित भएको छ।

प्रचण्डसँगको भेटमा यादवले नेकपा एसले मन्त्रीहरू फिर्ता बोलाएर नयाँ मन्त्रीलाई शपथग्रहण गराएपछि आफ्नो पार्टीमा पनि मन्त्री फेरबदलको लागि सहयोग गर्न आग्रह गरेका थिए ।

जवाफमा प्रचण्डले पार्टीबाट औपचारिक निर्णय गरेर आउन भनेपछि सोमबार साँझको कार्यकारिणी बैठकले मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको हो। 

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, वन मन्त्री रामसहायप्रसाद यादव, कृषि तथा पशुपन्छी विकास मन्त्रालय मन्त्री महिन्द्रराय यादव र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव सरकारमा सहभागी रहेका छन्।

यता एकीकृत समाजवादीका मन्त्री ठूलो लफडापछि आइतबार फेरिएका हुन्। एकीकृत समाजवादीले प्रेमबहादुर आलेलाई संस्कृतिमन्त्री, रामकुमार झाँक्रीलाई सहरी विकासमन्त्री, कृष्णकुमार श्रेष्ठलाई श्रममन्त्री र विरोध खतिवडालाई स्वास्थ्यमन्त्रीबाट हटाएर जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकासमन्त्री, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्यामन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र हीराचन्द्र केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। खापुङ यसअघि राज्यमन्त्री थिए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here