जसपाका श्याम बिहारी यादवले दिए राज्यमन्त्री यादवलाई चेतावनी !

मेवालाल यादव

९ माघ, रौतहट । जनता समाजवादी नेपालको रौतहट जिल्लाका कार्यकारिणी सदस्यमा बिद्रोह चलेका छन् ।

frontline

मधेश प्रदेशको कृषि राज्य मन्त्री एवम् जसपाको नेता योगेन्द्र राय यादव र सोही पार्टीका केन्द्रिय सदस्य रेवन्त झाले आफनो आसे पासे तथा झोला बोक्नेलाई कार्यकारिणी सदस्यमा चयन गरिएका छन् ।

शनिबार आज जसपाको जिल्ला कार्यकारिणी समिति रौतहटले १७७ जना कार्यकारिणी सदस्यलाई मनोनयन गरिएको मधेस प्रदेश समितिका अध्यक्ष रामबाबु यादवले जानकारी गराइएको हो ।

मधेस प्रदेश समिति सद्स्य श्याम बिहारी यादवलका अनुसार, रौतहट जिल्ला कार्यसमिति समायोजनमा क्षेत्र न.१ बाट मन्त्री यादव र झाले मिलेर आफनो आसे-पासे र झोला बोक्नेलाई राखेको आरोप लगाए ।

१ नम्बर क्षेत्र बाट चार जना कार्यकारिणीमा कसैले आफ्नो भाईलाई राखेको त कसैले झोला ढोने व्यक्तिलाई राखेको मधेस प्रदेशका समितिका सदस्य यादवले भने ।

मधेस प्रदेश समितिका अध्यक्ष रामबाबु यादवले कसैसँग छलफल नगरि जिल्ला कमिटी गठन गरिएकोमा उनको घोर आपत्ति रहेको जनाएको छ ।

साथै, जिल्ला कमिटी गठन गरिएकोमा आफनो आसे-पासे र झोला बोक्नेलाई नहटाए हामी प्रेस-मिट गरि आन्दोलनमा ओर्लिने मधेस प्रदेश समितिका युवा नेता श्याम बिहारी यादवले चेतावनी समेत दिए ।

नोट :- मधेस प्रदेश समिति सद्स्य श्याम बिहारी यादवले आफ्नो सामाजिक संजालमा समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here