जसपाका ठाकुर पक्षद्वारा चार जिल्लामा अगुवा कार्यकर्ता भेला

आइतबार, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका महन्थ ठाकुर पक्षले आज चार जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने भएका छन्।

कार्यकर्ता भेला गर्दै हिँडेका ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतोलगायतले आज तेस्रो दिन पनि भेलालाई निरन्तरता दिन लागेका छन्।

frontline

जसपामा ठाकुर र उपेन्द्र यावद पक्षबीच आधिकारिकता विवाद थियो। निर्वाचन आयोगले यादवलाई जसपाको आधिकारिकता दिएको छ।

यससँगै ठाकुर पक्ष कार्यकर्ता भेला गर्न हिँडेका हुन्। आइतबार सुनसरी, सर्लाही, रूपन्देही र कञ्चनपुरमा ठाकुर पक्षले कार्यकर्ता भेला राखेको छ। यी भेलाका लागि नेताहरू जिल्ला जिल्लामा गएका छन्।

सुनसरीमा सुरेन्द्र झा, सन्तोष मेहता, जयप्रकाश ठाकुर, अरविन्द साह गएका छन्। यस्तै सर्लाहीमा राजेन्द्र महतो, जितेन्द्र सोनल, अभिराम शर्माले कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन्।

रुपन्देहीमा सर्वेन्द्र नाथ शुक्ल, उमाशंकर अरगरिया, कृष्णा सिंह र कञ्चनपुरमा चन्द्रकान्त चौधरी, राजकुमार लेखी,  दानबहादुर विश्वकर्माले सम्बोधन गर्ने कार्यक्रम छ।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here