जलवायु सम्मेलन कोप-२६ : सन् २०३० भित्रमा वन विनाश रोक्ने गरी महत्वपूर्ण सम्झौता

१७ कार्तिक, ग्लास्गो : संयुक्त राष्ट्रसंघिय जलवायु सम्मेलन कोप-२६ मा संसारका नेताहरुले वन विनाशसम्बन्धी महत्वपूर्ण सम्झौता गर्ने भएका छन्। संसारका १ सयभन्दा बढी राष्ट्र प्रमुखहरुले सन् २०३० भित्रमा वन विनाश रोक्ने गरी महत्वपूर्ण सम्झौता गर्ने भएका हुन्। 

वन विनाश रोक्ने सम्झौतामा संसारका नेताहरुले प्रतिज्ञा गरेको र उनीहरुले मंगलबार सो सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। उक्त सहमतिअनुसार निजी एवम् सार्वजनिक कोषमा करिब १९.२ विलियन डलर रकम समावेश गरिनेछ। 

frontline

विज्ञहरुले सो प्रतिज्ञाको स्वागत गर्दै संसारका नेताहरुलाई चेतावनी समेत दिएका छन्। वन विनाश रोक्न यसअघि सन् २०१४ मा भएको सम्झौता असफल भएको भन्दै विज्ञहरुले चेतावनी दिएका हुन्। सम्मेलनका आयोजक बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले पृथ्वीको वन, जंगल संरक्षण गर्ने सो सम्झौतामा मंगलबार हस्ताक्षर गराउने बीबीसीले जनाएको छ। 

यदि सो सम्झौता कार्यान्वयन भएमा डढेलो, तस्करी, वन फडानी, कृषि, वासस्थान आदिका कारण भइरहेको वन विनाश एक दशकभित्रमा रोकिने विश्वास गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here