जलवायु परिवर्तन : अमेरिकामा औसतभन्दा बढी तापक्रम वृद्धिको सामना

२८ माघ, न्युयोर्क ।  एक तिहाइभन्दा बढी अमेरिकी जनसंख्याले पछिल्लो समय औसतभन्दा बढी तापक्रम वृद्धिको सामना गरिरहेका छन्।

जलवायु परिवर्तनले देखाउनुपर्ने अनुमानित असर अगावै सो अमेरिकाको सो जनसंख्याले औसतभन्दा बढी तापक्रम वृद्धिको सामना गरिरहेका हुन्। 

frontline

जलवायुसम्बन्धी गार्जियनले समीक्षा गरेको तथ्यांकले सो तथ्य देखाएको हो। सो तथ्यांकका अनुसार अमेरिकाका करिब ५ सय काउन्टीको तापक्रम १.५ डिग्री सेल्सियस पुगिसकेको छ। 

विगतका शताब्दीहरुको तुलनामा अमेरिका निकै तातिसकेको छ। जुन अमेरिकाले सन् १८९५ मा तापक्रम मापन गर्न सुरु गरेयताकै उच्च हो।

अमेरिका तात्नुको मुख्य कारण हो, जैविक इन्धन बाल्दा निस्कने तापक्रम र ग्यासले पृथ्वीको तापक्रम बढ्दै जानु। सोही कारण अमेरिकाको उत्तरीदेखि दक्षिण, पूर्वदेखि पश्चिमको भेगहरुमा तापक्रम निकै बढेको छ।

सो तापक्रम वृद्धिको सामना अमेरिकाका १२ करोड ४६ लाखभन्दा बढी मानिसहरुले गरिरहेका छन्। 

असामान्य रुपले बढिरहेको अमेरिकी भूगोलको तापक्रमले झनै विषम अवस्था सिर्जना गरिरहेको छ। ‘अमेरिकाको तापक्रम समान छैन’ नेसनल ओसनिक एण्ड एटमस्फेरिक एड्मिनिस्ट्रेसन (एनओएए)द्वारा जारी तापक्रमसम्बन्धी तथ्यांकको आधारमा अमेरिकी राज्य अलास्काका जलवायु वैज्ञानिक ब्रायन ब्रेत्चिनेइडरले गार्जियनसँग भनेका छन्, ‘अमेरिकाका अधिकांश स्थानको तापक्रममा व्यापक बदलाव देखिइसकेको छ।

व्यापक परिवर्तन देखिएको क्षेत्रको वायु कही निकै तातो छ भने कहीँ निकै चिसो। तर अधिकांश स्थानका मानिसले भने चिसोभन्दा तापक्रम वृद्धिको अनुभव बढि गरेका छन्।’

एनओएएका अनुसार अमेरिकी राज्य क्यालिफोर्नियाको भेन्चुरा काउन्टीमा सबैभन्दा बढी तापक्रम वृद्धि भएको छ। त्यहाँको तापक्रम २.६ डिग्री सेल्सियसले वृद्धि भएको छ। सन् १८९५ को तुलनामा सन् २०२१ मा सो तापक्रम वृद्धि भएको हो। 

त्यस्तै अमेरिकाका मुख्य सहरहरु जस्तै न्युयोर्क, लस एन्जलस्, मियामी, फिलान्डेल्फिया, सान फ्रान्ससिस्को, बोस्टनलगायतको तापक्रम १.८ डिग्रि सेल्सियसले बढेको छ।

सो क्षेत्रको तापक्रम औद्योगिक कालपछि सो दरमा बढेको हो। जुन अमेरिकाको औसत तापक्रमभन्दा बढी हो। 

अमेरिकी मौसम विभागका अर्का मौसमविद् मार्क ग्याक्सनले सो तापक्रम वृद्धिलाई त्रासको संज्ञा दिएका छन्। तापक्रम वृद्धिको गतिले स्थानीय मानिस र पर्यावरणमा अहिलेदेखि नै निकै असर पारिरहेको प्रत्यक्ष देखा परेको उनले बताएका छन्। 

मौसम वैज्ञानिकहरुले अमेरिकाका विभिन्न राज्यमा हुने मौसमी डढेलो, ठूला अमेरिकी सहरमा सञ्चालित विभिन्न उद्योगधन्दा, कलकारखाना र मानविय जिवनशैली नै तापक्रम वृद्धिको मुख्य कारण मानेका छन्। 

तापक्रम वृद्धि रोक्नुअगावै मानिसले त्यसको ठूलो मूल्य चुकाउनु परिरहेको र तापक्रम वृद्धिको गति यही अवस्थामा कायम रहेमा त्यसको झनै ठूलो मूल्य चुकाउनुपर्ने विषय विज्ञहरुको धारणा छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here