जलवायु परिवर्तनको उच्च जोखिममा नेपाल

श्रोत : ईन्टरनेट

२३ फागुन, काठमाडौं । नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको अनुसन्धानकर्ता तथा वातावरण विज्ञहरूले बताउनुभएको छ ।

आज काठमाडौँमा आयोजित हिमालयमा जलवायु परिवर्तन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अनुसन्धानकर्ता तथा वातावरण विद्हरूले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा हिउँको मात्रा १९ प्रतिशतले घट्दै गएको र नेपालका हिमतालहरू उच्च जोखिममा रहेको बताउनुभयो ।

frontline

नेपालमा ०.०५६ प्रतिशतले तापक्रम वृद्धि भइरहेको र ४७ वटा हिमताल तथा नदी जोखिममा रहेको काठमाडौँ विश्वविद्यालयका सह प्राध्यापक डा.रिजनभक्त कायस्थले बताउनुभयो । 

६ हजार किलोमिटर माथिको उचाइमा समेत हिउँबाट बरफ नबनेको हालको अवस्थाले हिमताल तथा नदीहरू जोखिममा पुगेको अनुसन्धानकर्ताहरुले औँल्याउनुभयो ।

नेपाल विज्ञान पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाह, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका सचिव महेशकुमार अधिकारी, नास्टका प्रा.डा. दिनेशराज भुजु, वातावरण विद् आङ छिरिङ शेर्पा, जलवायु वैज्ञानिक डा.सन्तोष नेपाल लगायतले विषयगत कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here