जर्मनीमा शान्तिपूर्वक मतदान हुँदै, १६ वर्षपछि चान्सलर मर्केल नेतृत्वबाट बाहिरिने

बर्लिन, ११ असोज (रासस÷एएफपी) ः जर्मनीमा आइतबार सबेरैदेखि संघीय संसदका लागि मतदान भइरहेको छ । सन् २००५ पछि निरन्तर सत्तामा रहेकी चान्सलर एङ्गेला मर्केलले यही निर्वाचनपछि राजनीतिबाट बिदा लिन बताउनुभएको छ ।

अठसट्ठी बर्षिया चान्सलर मर्केलले चुनाव नै नलड्ने घोषणा गरिसक्नुभएको छ । नयाँ चान्सलरका लागि सत्तारुढ क्रिश्चियन डेमोक्रेटिक पार्टीका आर्मिन लासेट, फ्री डेमोक्रेटिक पार्टीका क्रिस्टियन लिन्डनर र ग्रिन पार्टीकी एनालेना बेएरबोक चान्सलर पदका आकाङ्क्षीका रूपमा चर्चामा छन् ।

frontline

लामो समयपछि नेतृत्व फेरिने भएकोले विश्व समुदायले जर्मनीको निर्बाचनलाई विशेष चासो र महत्वका साथ हेरेको छ । मर्केलको उत्तराधिकारीको रुपमा नयाँ चान्सलर को बन्ला भन्ने चासो देशभित्र र बाहिर समेत रहेको छ ।

छ करोड मतदाता रहेको चुनाव पहिले भएका मत सर्वेक्षणहरूले पनि स्पष्ट तस्बीर देखाउन नसकेका बताउने गरिएको छ । नेतृत्वका लागि लासेट, लिन्डनर, केएरबोकबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।

संसदको तल्लो सदन ‘बुन्डेस्ट्याग’ मा भने कसैको पनि एकल बहुमत नआउने सर्वेक्षणहरूले देखाएका छन् । कुनै पनि दलको बहुमत नआएको खण्डमा गठबन्धन सरकार गठन र नयाँ चान्सलर चयन लम्बिन सक्ने भएकाले अझै केही महिना मर्केल नै सत्तामा रहन सक्ने आँकलन पनि विश्लेषकहरुले गरेका छन् । –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here