जर्मनीमा ट्रक चालकले कारलाई ठक्कर दिँदा ३१ सवारी साधनमा क्षति

२७ माघ, बर्लिन । जर्मनीमा ट्रक चालकले एउटा कारलाई ठक्कर दिँदा कम्तीमा ३१ सवारी साधनमा क्षति पुगेको छ।

मादक पदार्थ सेवन गरेका ट्रक चालकले पार्किङमा राखेको कारलाई ठक्कर दिँदा कम्तीमा ३१ सवारी साधनमा क्षति पुगेको हो।

frontline

सो घटना दक्षिणी जर्मनीको फ्युर्थ शहरमा मंगरबार राति भएको हो। मादक पदार्थ सेवन गरेका ति ट्रक चालकले ट्राफिक नियम उल्लंघन गरी गाडी चलाएको र पार्कमा राखेको कारलाई ठक्कर दिँदा कम्तीमा ३१ अन्य सवारी साधनमा क्षति पुगेको स्थानीय प्रहरीले जनाएको छ।

सो ठक्करबाट तीन मानिस सामान्य घाइते बनेको समेत बताइएको छ। ३१ सवारी साधनमा क्षति पुगेपछि चालकले चलाएको ट्रकमा आगलागी भएको बताइएको छ।

मादक पदार्थ सेवन गरेर गाडी चलाउनेमा ५० वर्षीय टर्कीका नागरिक रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here