जर्मनीको औधोगिक पार्कमा विस्फोट, २ को मृत्यु ३१ जना घाइते

बुधबार, बर्लिन । जर्मनीको लेभरकुसेन सहरस्थित एक औधोगिक पार्कमा विस्फोट हुँदा कम्तिमा २ जनाको मृत्यु भएको छ । ३१ जना घाइते भएका छन् ।

घटनास्थलबाट व्यापक मात्रामा धुवाँको मुस्लो उडेको छ । कसरी घटना भयो भन्ने यकिन विवरण आएको छैन । घटनास्थलमा केही मानिस हराइरहेको बताइएको छ । घटनास्थलमा आगो निभाउन तीन घण्टादेखि अग्नि नियन्त्रक तथा उद्धारकर्मी टोली पुगेको छ ।

frontline

घटनास्थलबाट हराएका मानिसहरुको खोजी कार्य भइरहेको स्थानीय अधिकारीले जानकारी दिएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ ।

लेभरकुसेन सहर गत साता विनाशकारी बाढीका कारण १८० जनाको मृत्यु भएको क्षेत्रबाट जम्मा ५० किलोमिटर भन्दा छोटो दूरीमा पर्छ । यस सहरमा ३० भन्दा धेरै कम्पनीहरु नियमित सञ्चालनमा आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here