जर्मनीका फुटबलर उवे सिलरको निधन
६ साउन, एजेन्सी । जर्मनीका लेजेण्ड फुटबलर उवे सिलरको निधन भएको छ । जर्मनीका पूर्वस्ट्राइकर तथा कप्तान सिलरको ८५ वर्षको उमेरमा निधन भएको हो ।
तत्कालिन वेस्ट जर्मनीबाट चार विश्वकप खेलेका सिलर विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिन्छन् । उनी ४ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी समेत हुन् ।
सीलरले १९५४–१९७० को बीचमा पश्चिम जर्मनीका लागि कुल ७२ खेल खेल्दै ३३ गोल गरे। तर, कहिल्यै विश्वकप जित्न सकेनन् । क्लब फुटबल हामबर्गबाट मात्र खेलेका उनले ५८० खेलमा ४९० गोल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्