जमुनाहा नाकामा स्वास्थ्य परीक्षणमा कडाई

फाइल तस्बिर

१६ पुस, काठमाडौं । कोरोना संक्रमण फैलिन नदिन नेपालगञ्जस्थित जमुनाहा नाकामा स्वास्थ्य परीक्षणमा कडाई गरिएको छ ।

भारतबाट नेपाल आउँदै गरेकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगञ्जस्थित नाकामा सतर्कता अपनाउन थालिएको नेपालगञ्ज उपमहानगरपालिकाकाे स्वास्थ्य महाशाखाले जनाएकाे हाे । कोरोना संक्रमण कम भएपछि गत असोज १ गतेदेखि यो नाकामा जाँच रोकिएको थियो ।

frontline

स्वास्थ्य महाशाखाका अनुसार छिमेकी देश भारत र चीनमा कोरोना संक्रमण देखिन थालेपछि नाकामा फेरी कडाई सुरु गरिएको हाे । अहिले नेपालगञ्ज नाकामा पनि स्वास्थ्य सावधानीसँगै भारतबाट नेपाल फर्किनेको अनिवार्य कोरोना परीक्षण गर्न सुरु गरिएको छ ।

भारतको सिमलाबाट नेपाल फर्किदै गरेकी जाजरकोटकी ३० वर्षीया महिलालाई परीक्षणको क्रममा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य महाशाखाले जनाएकाे छ ।

भारतबाट आउने ५५ जनाको जाँच गर्ने क्रममा जाजरकोटकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालगञ्जस्थित जमुनाहा नाकामा बिहीबारदेखि कोरोना जाँच सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here