जबर्जस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

२३ पुस, बुटवल । रुपन्देहीमा जवर्जस्ती करणी गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सुस्त मनस्थिति भएकी महिला र १५ वर्षीय एक बालिकालाई जवर्जस्ती करणी गर्न खोज्ने दुई जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो ।

सुस्त मनस्थिति भएकी महिलालाई घरमा कोही नभएको मौकापारी जबर्जस्ती करणी गर्न खोज्ने रुपन्देहीको कञ्चनबाट र १५ वर्षीया बालिकालाई अभिभावक नभएको मौकापारी जवर्जस्ती करणी गर्न खोज्ने अर्का एक व्यक्ति सैनामैनाबाट पक्राउ परेका हुन् ।

frontline

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार यहीँ पुष २१ गते साँझको समयमा शारीरिक रुपमा अपांगता सुस्त मनस्थिति भएकी २३ वर्षीया महिलाको घरमा गई अरु कोही नभएको मौका छोपी जबर्जस्ती शौचालयमा लगी जिल्लाको कञ्चन गाउँपालिका ३ का ३० वर्षीया राजेन्द्र अधिकारीले करणीको प्रयास गरेका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिई जवरजस्ती करणी कसुर अन्तर्गत अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here