जन्मदिन- खुत्रुके- नगरप्रमुख खत्री- भत्ता- ट्रस्टको घोषणा

कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले आफुले प्राप्त गरेका भत्ताहरु जम्मा गरिएको खुत्रुके फुटाउँदै एक सामाजिक ट्रस्टको घोषणा गरे ।आफू निर्वाचित भए देखि हिजो मिति २०७७ साल फागुन १४ गते सम्ममा आफुद्वारा खडा गरिएको खुत्रुकेमा जम्मा गरिएका ४ लाख ५७ हजार ७सय २० रुपैयाँ जम्मा भएको संवाददाता सम्मेलनमा जानकारी दिइएको छ ।
खत्रीले खड्ग शान्ता नवप्रवर्तन ट्रष्ट स्थापना भएको जानकारी गराउदै उक्त पैसा सबै ट्रष्टमा जम्मा गरि समाजसेवामा लगाउने जानकारी दिए । उक्त ट्रष्टको अध्यक्ष सुर्यबहादुर पाख्रिन, सचिवमा हरि अधिकारी र कोषाध्यक्षमा अम्बिका खत्री गरि तीन सदस्य घोषणा गरेकाछन् ।सिन्धुलीमा जिल्लाका स्थानीय तहमध्ये आर्थिक मामिलामा कहीं कतै बिवादमा नजोडिएका नगरप्रमुख खत्री आफुले पाएको भत्ता नलिई सामाजिक क्षेत्रमा प्रयोग गराउने संभवत नेपालकै पहिलो मेयर हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

फ्रन्टलाइन कमलामाई

poster-here