जनमत पार्टी रौतहटले राष्ट्रिय धोती दिवस मनाइयो
मेवालाल यादव
रौतहट पुस ,१७
जनमत पार्टीले राष्ट्रिय धोती दिवस मनाउन थालेको हो।जसमा सामाजिक, सांस्कृतिक र पहिचानको संरक्षणका लागि गरिएको एउटा प्रयास हो। यो दिवस खासगरी तराई-मधेश क्षेत्रका परम्परागत पहिरन “धोती-कुर्ता” लाई प्रवर्द्धन गर्ने उद्देश्यले जनमत पार्टीको जिल्ला इन्चार्ज शेख जमसैदको नेतृत्वमा आज रौतहट जिल्लाको गौरमा धोती दिवस मनाइएको छ ।
धोती भैया भनेर हेप्न पाइँदैन ! धोती हाम्रो शान हो , मधेशीको पहिचान हो ! धोती हाम्रो राष्ट्रिय पोसाक हो!जनमत पार्टी जिन्दाबाद !डा. सी.के. राउत जिन्दाबाद ! मधेशी एकता – जिन्दाबाद मुल नाराको साथ जनमत पार्टी कार्यालय देखी गौरको परिक्रमा गरेर बिपि चौकमा कोणसभा गरि धोती दिवस कार्यक्रम केन्द्रिय सदस्य बिकास कुमार यादव सम्पन्न गरेको छ ।
जनमत पार्टीका नेता र कार्यकर्ताले यो दिन धोती-कुर्ता पहिरिएर कार्यक्रमहरूमा भाग लिन्छन्। यसले मधेशको सांस्कृतिक पहिचानलाई सम्मान र संरक्षण गर्ने सन्देश प्रवाह गर्न मद्दत गर्छ। साथै, यो दिवसले परम्परागत पोशाकप्रति गर्व गर्ने भावना जागृत गराउन र क्षेत्रीय एकता बढाउन भूमिका खेल्छ।
यो पर्व स्थानीय समुदायमा मात्र सीमित नभई राष्ट्रिय स्तरमै चर्चा पाउँदै गएको छ। धोती दिवसले सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देशसमेत प्रवाह गर्ने लक्ष्य राखेको जनमत पार्टीको केन्द्रिय सदस्य बिकास कुमार यादवले बताएका छन ।
प्रतिक्रिया दिनुहोस्