जनताको असन्तुष्टि सरकारप्रति हो, गणतन्त्रप्रति होइन : प्रचण्ड

समाचार सारांश

  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनता गणतन्त्रप्रति नभई वर्तमान सरकारप्रति असन्तुष्ट रहेको बताए।
  • प्रचण्डले सरकारको गलत काम कारबाहीका कारण जनतामा निराशा बढेको स्वीकार गर्दै राजावादीहरूले यसको फाइदा उठाउन खोजेको आरोप लगाए।
  • उनले जनमत सङ्ग्रहको कुरालाई ‘वाहियात’ भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भइसकेकाले अब यो आवश्यक नरहेको बताए।

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनता गणतन्त्रप्रति नभई वर्तमान सरकारप्रति असन्तुष्ट रहेको बताएका छन् ।

बिहीबार प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा  उनले नेपाली जनताले गणतन्त्रबाट नै आम नागरिकको जीवनमा परिवर्तन आओस् भन्ने चाहना राखेको बताएका हुन् ।

frontline

गणतन्त्र कि राजतन्त्र भन्नेमा जनमत सङ्ग्रह गर्न तपाईँहरू तयार हुनुहुन्छ भन्ने प्रश्नमा प्रचण्डले यो वाहियात कुरा भएको बताए । ‘संविधानससभा निर्वाचनमार्फत शतप्रतिशत मतमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि के को जनमत सङ्ग्रह ? जनमत सङ्ग्रह भनेको त धेरै तल्लो कुरा भयो’ उनले भने

अध्यक्ष प्रचण्डले आफूले तराईमा झन्डै एक करोड मान्छेसँग भेटघाट गरेको र मध्यपहाडी लोकमार्गअन्तर्गत पनि लाखौँ जनतासँग भेटेर फर्किएको बताउँदै यथार्थतामा गणतन्त्र कमजोर भयो भन्ने भाष्य बिलकुल गलत रहेको दाबी गरे । अध्यक्ष प्रचण्डले वर्तमान सरकारको गलत काम कारबाहीको कारण जनतामा निराशा बढेको भने स्वीकार गरे । 

राजावादीहरूले वर्तमान सरकारको गलत क्रियाकलापबाट फाइदा उठाउँदै जनतामा बढेको असन्तुष्टिलाई क्यास गर्न खोजेको उनको आरोप छ ।

‘सरकारको नेतृत्व गर्ने पार्टीका कतिपय गलत काम कारबाहीको बारेमा नेतृत्वप्रति वितृष्णा जनतामा भएको छ । अझ पछिल्लो अहिलेको सरकार जो छ, त्यो सरकारको गलत क्रियाकलाप भ्रष्टाचारको बारेमा या सुशासनको बारेमा, सामाजिक न्याय र विभेदको बारेमा सरकारको गलत कामका कारणले मान्छेमा सरकारप्रति रुष्ट त भएकै छन् । त्यो सरकारप्रतिको असन्तुष्टिलाई राजावादीहरूले क्यास गर्न खोजेका छन्,’ उनले भने ।

#प्रचण्ड #सरकार #गणतन्त्र

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here