‘जनचाहना पूरा गर्न सरकार प्रतिबद्ध’
रासस भदौ १२ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताका विकासका चाहना पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सुनसरीको रामधुनी नगरपालिका–४ बैठारबाट कुटीपुल हुँदै बराहक्षेत्र नगरपालिकाको जीतपुर जोड्ने सडक आज शिलान्यास गर्दै उहाँले विकासको जनचाहना पूरा गर्न सरकार क्रियाशील रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “ जनताका विकासका चाहना सम्बोधन नभए उनीहरूले राजनीतिक दल र सरकारको विश्वास गर्दैनन् ।” ।
अहिले सरकारले सडक निर्माणका लागि प्राथमिकताका साथ बजेट विनियोजन गरेकाले निर्धारित समयभित्र काम पूरा हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । आगामी १५ महिनाभित्र निर्माण सम्पन्न हुने गरी रु ३० करोड लागतमा ठेक्का पाएको सहरी विकास भवन निर्माण सङ्घीय कार्यान्वयन एकाइ कार्यालय विराटनगरका प्रमुख गङ्गाप्रसाद यादवले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्