जनकपुर–जयनगर रेल्वे विस्तारअन्तर्गत मुआब्जा वितरणमा जालझेल भएको आरोप

फाइल तस्बिर

९ भदौ, जनकपुरधाम । जनकपुर–जयनगर रेल्वे विस्तारअन्तर्गत मुआब्जा वितरणमा जालझेल भएको आरोप लागेको छ । 

महोत्तरीका स्थानीय तथा किसानहरूले मुआब्जा वितरणमा जालझेल भएको भन्दै बिहीबार जनकपुरधाममा आएर प्रर्दशन गरेका छन् । 

frontline

रेल्वे साइड कार्यालयले कुर्थादेखि बर्दिबाससम्म निर्माणाधीन रेल्वे लिक अन्तरर्गत मुआब्जा वितरणमा लापरबाही गरेको उनीहरूको ठहर छ । 

उनीहरूले नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झालाई कारबाही गर्न पनि माग गरेका छन् । 

खोल्सीपैनीको प्रतिकट्ठा १५ लाख रुपैयाँ दिनुपर्नेमा १० लाख रुपैयाँ मात्रै दिइएको छ । 

स्थानीय शंकर फुयालले किसानलाई प्रतिकठ्ठा १५ लाख रुपैयाँ दिने भनेपनि खातामा १० लाख रुपैयाँको हिसाबले मात्रै पठाएको जानकारी दिए । 

उनकाअनुसार जिल्ला प्रशासन कार्यालय महोत्तरीले निर्धारण गरेको मुआब्जा दररेटअनुसार नदिइ आफ्नै हिसाबले वितरण गरेको छ । 

किसानलाई जलेश्वर पठाएर अलपत्र पारेको र नापी गर्दा निष्पक्ष नदेखिएको उनले बताए । रेलवे साइड कार्यालयले कागजातबिना नै काम गर्ने गरेको उनको भनाइ छ । 

सम्झौताअनुसारको मुआब्जा भुक्तानी नगरे कडा आन्दोलन गर्ने उनले चेतावनी दिए । “छलफलका लागि पटकपटक समय दिने अनि निर्धारित समयमा हाकिम नै नबस्ने प्रवृति देखियो । अब कडा आन्दोलन गर्नुको विकल्प रहेन,” उनले भने । आइतबारदेखि चरणबद्ध आन्दोलन गर्ने उनले बताए । 

यसअघि साउन १९ गते उनीहरूले जनकपुर आइ मुआब्जा विवाद सुल्झाउन रेल्वेका कार्यालय प्रमुख विनोद ओझालाई लिखित ध्यानाकर्षण गराएका थिए । 

तर, ध्यानाकर्षण गराएको एक महिना बित्न लाग्दा पनि समस्या समाधान नभएको उनीहरूको आरोप छ । 

नेपाल रेल्वे कम्पनीका कर्मचारीले २०७५ साल भदौ २ गतेको जग्गा मूल्याङ्कन समितिको निर्णयअनुसार मुआब्जा वितरण गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here