जनकपुर–जयनगर चल्ने रेलको सिटमा आगो लाग्यो, सामान्य क्षति

फाइल तस्बिर

१९ जेठ, जनकपुरधाम । जनकपुर–जयनगर चल्ने रेलको सिटमा आगो लागेको छ ।

बिहीबार जयनगरबाट जनकपुरतर्फ जाने क्रममा सेवाग्राहीले राखेको सामानबाट केमिकलजस्तो पदार्थ चुहिएर आगो लागेको नेपाल रेलवे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले जानकारी दिए ।

frontline

यद्यपि आगलागीको ठोस कारण पत्ता लागेको छैन । आगोलाई रेलवेका प्रतिनिधिहरूले निभाइसकेका छन् । 

“खासै क्षति भएको छैन । एउटा सिटमा सामान्य क्षति भएको छ । शंकाको अधारमा प्रहरीले दुईजनालाई नियन्त्रणमा पनि लिएको छ,” उनले भने, “केमिकलजस्तो वस्तु चुहिँएर आगो लागेको छ । अब रेल नेपालतर्फ आइरहेको छ । आएपछि सबै कुरा थाहा हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here