जनकपुरमा राष्ट्रपतिविरुद्ध विरोध प्रदर्शन, पुत्ला दहन

५ असोज, जनकपुर । नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा मधेश केन्द्रित दलहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध विरोध प्रदर्शन गर्दै राष्ट्रपतिको पुत्ला दहन गरेका छन् ।

दलहरुले राष्ट्रपति भण्डारीको मधेशका राजधानी जनकपुरधामस्थित जनक चोकमा पुत्ला दहन गरेका हुन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले नगरमा विरोध जुलुस प्रदर्शन गर्दै जनकपुरधामस्थित जनक चोकमा राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेका हुन् ।

frontline

पुत्ला दहन कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका नगर अध्यक्ष विष्णुदेव साहले राष्ट्रपतिले संवैधानिक व्यवस्था भएपनि नागरिकता विधेयक प्रमाणीकरण नगरी मधेश विरोधी कदम चालेकाले विरोध प्रदर्शन गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here