जनकपुरमा माछा, मासु र मदिरा विक्री वितरणमा रोक
१८ मंसिर, जनकपुरधाम । विवाह पञचमीलाई लक्षित गरी जनकपुरधाम नगर क्षेत्रमा शुक्रबार देखि माछा, मासु र मदिरा विक्री वितरणमा रोक लगाइएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले सूचना जारी गर्दै माछा, मासु र मदिरा बिक्री वितरणमा रोक लगाएको हो ।
विवाहपञ्चमी महोत्सवलाई मध्यनजर गर्दै मंसिर २६ गतेसम्म मासु, मदिरा तथा लागुपदार्थ सेवन तथा बिक्री वितरण पूर्ण रूपले निषेध गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न प्रसाद उपाध्यायले बताए ।
हिजोदेखि जनकपुरधाममा विवाहपञ्चमी महोत्सव सुरु हुँदैछ । पहिलो दिन जनकपुर नगर दर्शन गरिँदैछ ।
प्रतिक्रिया दिनुहोस्