जनकपुरमा अध्यक्ष ओलीको २०५ किलोको माला लगाएर भव्य स्वागत

२७ भदौ, काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जनकपुरधाममा भव्य स्वागत गरिएको छ ।

सोमबार एमाले जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमममा अध्यक्ष ओलीलाई २०५ किलोको माला लगाएर भव्य स्वागत गरिएको हो।

frontline

कार्यक्रममा पार्टी प्रवेश कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको थियो । पार्टी प्रवेश कार्यक्रमलाई विशेष सम्बोधन गर्न अध्यक्ष ओली त्यहाँ पुगेका थिए । सोमबार विभिन्न पार्टी परित्याग गरी झन्डै ६ हजार व्यक्ति एमाले प्रवेश गरेको दाबी गरिएको छ ।

जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेससभा सदस्य अंजु कुमारी यादव, पूर्वराज्यमन्त्री अरबिन्द साह, कांग्रेस धनुषाका पूर्व उपसभापति सन्तोष यादवको जम्बो टोलीलाई अध्यक्ष ओलीले पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा रघुवीर महासेठ, जुली महतो, जिल्ला अध्यक्ष राजकिशोर यादवलगायत नेताहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here